एजेन्सी - यूक्रेनले आइतबार डोनेट्स्कको बन्दरगाह शहर मरिउपोलबाट नागरिकहरूलाई उद्धार गर्न सुरू गरेको छ। “उद्धार कार्य स्थानीय समय अनुसार मध्यान्हबाट सुरु हुनेछ,” डोनेट्स्क क्षेत्रीय सैन्य प्रशासन प्रमुख पाभ्लो क्रियालेन्कोले बताए।
युक्रेनी समाचार संस्था, युनियानले बताएअनुसार नागरिकहरूलाई उद्धार गर्न बसहरू मरिउपोलतिर आइतबार मध्यान्नपहिले नै त्यहाँ पुगिसकेका छन्। यसअघि, रूसी सेनाहरूले युक्रेनका केही भागहरूमा १०ः०० बजेदेखि मानवीय उद्धारका लागि निर्धारण गरेको मार्गबाट उद्धार सुरू गरिसकेको छ।
बिहीबारको दोस्रो चरणको शान्ति वार्ताको दौडानमा रूसी र युक्रेनी वार्ता टोली नागरिकहरूलाई युद्ध क्षेत्रबाट बाहिर निस्कन मार्गहरू स्थापना गर्न र उद्धार मार्गमा केही समयको लागि आक्रमण रोक्न सहमत भएका थिए।