बर्दियामा जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

बर्दिया - मधुवन नगरपालिका–४ माचड चोक बस्ने सोमई थारूको घरमा जुवातास खेलिरहेको अवस्थामा १५ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३४ वर्षीय जगत चौधरी समेत रहेको प्रहरीले जनाएको छ। उनीहरुलाई शनिबार पक्राउ गरिएको हो। 

इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार २ सय ९० रूपैयाँ र ५ बुक तास सहित फेला पारी पक्राउ गरेको हो।  घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×