काठमाडौँ - ६८ वर्ष लामो इंग्लिस प्रिमियर लिग फुटबलको ईतिहास बोकेको एभर्टन बिहीबार राति क्रिस्टल प्यालेसलाई हराउँदै रेलिगेशनबाट बचेको छ। प्यालेससंग २-० ले पछि परेको स्थिति उल्टाउदै ३-२ को जित निकालेर एक खेल बाकी रहदै एभर्टनले इंग्लिस प्रिमियर लिगको हैसियत कायम राखेको हो।
जेयान र जोर्डनको गोलसंगै भ्रमणकारी टोली प्यालेस पहिलो हाफमा २-० ले अग्रता लिएको थियो। तर दोस्रो हाफमा माइकल केइन, रिचार्लिसन र कार्भाटको गोलमा एभर्टनले पुनरागमन गर्यो। जितसंगै एभर्टन ३७ खेलबाट ३९ अंक सहित १६औं स्थानमा रहेको छ। प्यालेस ४५ अंकसहित १३औं स्थानमा रहेको छ।
एभर्टनको जितसंगै अब अन्तिम खेलबाट एक टिमको रेलिगेशन पक्का हुनेछ। अब वर्नली र लिड्स युनाइटेड मध्य एक दोस्रो डिभिजनमा घटुवा हुनेछन्। अन्तिम खेल्बाटनै लिगको विजेता टुंगो लाग्नेछ।