युक्रेनलाई हराउँदै वेल्स ६४ वर्षपछि विश्वकपमा

काठमाडौँ - वेल्स कतारमा हुने फिफा विश्वकप-२०२२ को लागि छनोट भएको छ। आइतबार राति भएको प्लेअफको फाइनल खेलमा युक्रेनलाई १-० गोलले पराजित गर्दै वेल्स ६४ वर्षपछि विश्वकपमा छनोट भएको हो।

कार्डिफ सिटी रंगशालामा भएको खेलमा वेल्सको जितमा युक्रेनका कप्तान एन्ड्री यारमोलेन्कोको आत्मघाती गोल निर्णायक रह्यो। खेलको ३४ औं मिनेटमा वेल्सका कप्तान ग्यारिथ बेलले प्रहार गरेको फ्रिकिक हेडिङमार्फत क्लियर गर्ने क्रममा यारमोलेन्कोले आफ्नै पोस्टमा गोल हान्न पुगेका थिए।

खेलमा युक्रेनले गोल गर्ने थुप्रै अवसर सिर्जना गरेपनि बललाई जाली चुमाउन नसक्दा विश्वकप खेल्नबाट बन्चित हुन पुगेको हो। 

जितसँगै वेल्सले कतारमा हुने फिफा विश्वकप २०२२ मा स्थान बनाउन सफल भएको छ। वेल्सले स्वीडेनमा सम्पन्न सन् १९५८ को विश्वकप खेलेपछि अहिलेसम्म विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा स्थान बनाउन सकेको थिएन। १९५८ मा वेल्स क्वार्टरफाइनलमा ब्राजिलसँग पराजित भएको थियो। वेल्सले अहिलेसम्म खेलेको त्यही एउटा विश्वकप हो।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×