आईसीसी महिला विश्वकप क्रिकेटमा अष्ट्रेलियाले निकाल्यो लगातार तेस्रो जित

काठमाडौँ - आईसीसी महिला विश्वकप क्रिकेटमा अष्ट्रेलियाले लगातार तेस्रो जित निकालेको छ। आज भएको खेलमा न्यूजिल्याण्डलाई १४१ रनको विशाल अन्तरले पराजित गर्दै अष्ट्रेलियाले आफूलाई तालिकाको शीर्ष स्थानमा पनि राखेको छ।

३ खेलबाट ६ अंक जोडेको अष्ट्रेलिया शीर्ष स्थानमा रहेको छ भने भारत, दक्षिण अफ्रिका र न्यूजिल्याण्ड समान चार चार अंकका साथ दोस्रो देखि चौथो स्थानमा रहँदा समान ४ अंक रहेको वेस्टइन्डिज पाँचाौं स्थानमा छ। अहिलेसम्म इंग्ल्याण्ड, बंगलादेश र पाकिस्तानले जित निकाल्न नसक्दा तालिकामा खाता पनि खोल्न सकेका छैनन्। 

पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले न्यूजिल्याण्डविरुद्ध निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २६९ रन बनाएको थियो। जवाफमा न्यूजिल्याण्ड ३०.२ ओभरमा १२८ रन मात्रै बनाएर अल आउट भयो। पहिला ब्याटिङ गरेको अष्ट्रेलियाको सुरुवात भने राम्रो रहेन।

३७ रन हुँदा पहिलो विकेट गुमाएको थियो। एलिसा हिली १५ रन बनाएर पभेलियन फर्किइन्। कप्तान मेघ लेनिङ पनि ५ रन मात्रै जोडेर पभेलियन फर्किएपछि अष्ट्रेलिया दबाबमा आएको थियो। त्यसपछि एलिस पेरी र बेथ मूनीले चौथो विकेटका लागि ५७ रनको साझेदारी गर्दै टिमको स्कोर अघि बढाएका थिए। मूनीलाई न्यूजिल्याण्डकी अमेलिया केरले आउट गर्दा उनले ४४ रन बनाएकी थिइन्।
यस्तै, एलिस पेरिले ८६ बलमा ६८ रन ब नाएर आउट भइन्।

उनले ६ चौका र १ छक्का प्रहार गरिन् । ताहिला म्याक्ग्राथले अर्धशतकीय पारि खेल्दै ५७ रन बनाउँदा एश्ले गार्डनरले १८ बलमा ४८ रनको विस्फोटक पारि खेलिन् । नटआउट रहेकी गार्डनरले ४ छक्का र ४ चौका प्रहार गरिन्। न्यूजिल्याण्डका लागि ली ताहूहूले ३ विकेट लिइन्। 

२७० रनको जवाफी लक्ष्य पच्छ्याएको न्यूजिल्याण्डको सुरुवात पनि राम्रो रहेन। ३५ रन बनाउँदा आधा टिम पभेलियन फर्किसकेको थियो। कप्तान सोफी डिवाइन ६, मेडी ग्रिन ३ रन बनाउँदा सुजी बेट्सले १६ रन जोडिन्। 

त्यसपछि एमी सेटर्थवेटले विकेटकिपर केटी मार्टिनसँग मिलेर पारि सम्हाल्ने कोशिस गरेकी थिइन्। यी दुइबीच ३८ रनको साझेदारी भएको थियो । केटी आउट हुँदा न्यूजिल्याण्डले छैटौं विकेट गुमाएको थियो। ताहूहूले २३ रन बनाए पनि टिमको संकट मोचन गर्न असफल रहिन्। अष्ट्रेलियाका लागि डार्सी ब्राउनले ३ विकेट लिएकी थिइन्। यस्तै अमेडा वेलिङटन रर गार्डनरले दुई दुई विकेट लिए। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×