पिएफए अवार्डका लागि मनोनयन सार्वजनिक

काठमाडौँ - प्रोफेसनल फुटबलर एसोसिएसन (पिएफए) ले प्रदान गर्ने ‘पिएफए प्लेयर अफ द इयर’ अवार्डका लागि मनोनयन सार्वजनिक भएको छ।

पिएफएले अवार्डका लागि मनोनयनमा पर्ने ६ खेलाडीको नाम सार्वजनिक गरेको हो। अवार्डको मनोनयनमा लिभरपुलबाट सर्वाधिक तीन तथा म्यानचेस्टर सिटी, टोटेनहम र म्यानचेस्टर युनाइटेडबाट एक/एक खेलाडी परेका छन्।  

लिग विजेता सिटीका केभिन डि ब्रुयना, लिभरपुलका मोहम्मद सलाह, सादियो माने र भिर्गिल भान डाइक, टोटेनहमका ह्यारी केन तथा युनाइटेडका क्रिस्टियानो रोनाल्डो मनोनयनमा परेका हुन्।

अवार्ड विजेताको नाम ९ जुनमा घोषणा गरिने पिएफएले जनाएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×