यस्तो छ चलचित्र ‘स्पाई डर मेन : नो वे होम’को कमाई

काठमाडौँ। हलिउड चलचित्र ‘स्पाई डर मेन : नो वे होम’ अहिले विश्वभरिका सिनेमाघरहरुमा प्रदर्शन भइरहेको छ। बिभिन्न सञ्चार माध्यमका अनुसार चलचित्र हाल सम्मकै धेरै कमाउने चलचित्रमध्ये एक बनेको छ। क्रिसमस इभको दिनमा चलचित्रले १९.७ मिलियन कमाउदै सोनीले बनाएका चलचित्रमध्ये अमेरिकाबाट सर्वाधिक कमाउने चलचित्रको रेकर्ड कायम गरेको छ।  शुक्रबारसम्म चलचित्रले अमेरिकामा मात्र ४०५.५ मिलियन कमाइ गरेको छ। त्यसैगरि चलचित्रको विश्वभरिको कमाई करिब ९२२ मिलियन रहेको छ।  विश्वभरिबाट  प्रदर्शनमा आएको छोटो समयमा चलचित्रले यो रेकर्ड कायम गरेको हो। त्यसैगरि चलचित्रले विश्वभरबाट १ बिलियन कमाइ गर्ने अनुमान गरिएको छ।  'स्पाई डर म्यान - नो वे होम'  सन्  २०१७ मा आएको फिल्म 'स्पाई डर म्यान - होम कमिङ' र सन् २०१९ मा आएको फिल्म ' स्पाई डर म्यान - फार फ्रम होम' को सिक्वेल हो। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×