काठमाडौँ - इटालियन सिरी `ए´ अन्तर्गत गएरातिकाे खेलमा एसी मिलान विजयी भएकाे छ। ऊ घरेलु मैदान सान सिराेमा माेन्जाविरुद्ध ४-१ ले विजयी भएकाे हाे।
मिलानलाई जित दिलाउन ब्रहिम डियाजले २ तथा डिभाेक ओरिगी र राफेल लियाेले १/१ गाेल गरेका थिए। माेन्जाका लागि फिलिपाे रानाेचियाले १ गाेल फर्काएका थिए।
खेलकाे १६ र ४१ औं मिनेटमा डियाजले गाेल गरेपछि मिलानले पहिलाे हाफमा २-० काे अग्रता लिएकाे थियाे। ६५ औं मिनेटमा ओरिगीले घरेलु टाेलीलाई ३-० ले अघि बढाएका थिए। ७० औं मिनेटमा रानाेचियाले गाेल गरेपछि खेल ३-१ काे अवस्थामा आयो। ८४ औं मिनेटमा लियाेले गाेल गर्दै मिलानलाई ४-१ काे सहज जित दिलाए।
याे जितसँगै ११ खेलमा २६ अंक जाेडेकाे मिलान दोस्रो स्थानमा रहँदा पराजित माेन्जा समान खेलबाट १० अंकका साथ १४ औं स्थानमा रहेको छ।