द भ्वाइसको पोर्चुगल संस्करणमा झापाका विवश उप्रेतीको दमदार प्रस्तुति

काठमाडौँ - झापाका विवश उप्रेतीले गायन रियालिटी शो द भ्वाइसको पोर्चुगिज संस्करणमा उत्कृष्ट प्रस्तुति दिएका छन्।

यसै साता भएको ब्लाइण्ड अडिसनमा उनले ‘टिनिज ह्वीस्की’ बोलको गीत गाएर जजलाई मन्त्रमुग्ध बनाए। उनको प्रस्तुतिमा चारैजना कोचले कुर्सी घुमाएर उनलाई आगामी चरणको लागि छनोट गरे।

केही वर्षदेखि पोर्चुगलमा बस्दै विवश त्यहाँस्थित नेपाली समुदायमा पनि चर्चित छन्। विवश द भ्वाइसमा छानिएपछि पोर्चुगलस्थित नेपाली समुदायले उनलाई जिताउन क्याम्पेन पनि चलाएका छन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×