बलियो स्थितिमा श्रीलंका

काठमाडौँ - स्पिनर रमेश मेन्डिसले ३ विकेट लिएपछि श्रीलंका पाकिस्तानविरुद्धको दोस्रो टेस्टको दोस्रो दिन सोमबार बलियो स्थितिमा पुगेको छ।

पाकिस्तानका लागि आगा सलमानले संघर्षपूर्ण ६२ रन बनाए पनि टिम दबाबमा रह्यो। २ टेस्टको शृंखलामा १-० ले अगाडि रहेको पाकिस्तान दोस्रो दिनको खेल समाप्त हुँदा ७ विकेट गुमाएर १ सय ९१ रनको स्थितिमा रहेको छ।

पाहुना टिम अझै पनि श्रीलंकाको पहिलो इनिङ्सबाट १ सय ८७ रनले पछाडि रहेको छ। सलमानले दृढतापूर्वक श्रीलंकाली बलिङको सामना गरेर आफ्नो पहिलो टेस्ट शतक पूरा गरेका छन्।

तर, उनी बायाँहाते स्पिनर प्रवाथ जयसूर्याको सिकार बने। दिनको खेल टुंगिनु अगाडि उनले आफ्नो विकेट गुमाएका हुन्। स्लिपमा समातिनु अघि सलमानले यासिर शाहसँग ४६ रनको साझेदारी गरेका थिए।

उनले ६ विकेट गुमाएर १ सय ४५ रनको स्थितिबाट पाकिस्तानी इनिङ्स सम्हालेका थिए। उनले पाकिस्तानको तल्लोक्रमले थप रन जोड्ने विश्वास व्यक्ति गरेका छन्। उनले भने, ‘भोलि बिहान हामीले आफूलाई खेलमा फर्काउन प्रयास गर्नुपर्छ। क्रिकेटमा सबैखाले सम्भावना कायम हुन्छ। तर, जसरी विकेट गुमायौं, त्यसमा निराशा भने छ।’

पाकिस्तानी टिमको प्रदर्शनमा सबैभन्दा ठूलो समस्या ठोस साझेदारीको अभाव रह्यो। उसले पहिलो टेस्टका नायक अब्दुल्लाह सफिकलाई शून्यमा गुमाएको थियो भने कप्तान बाबर आजम लन्चलगत्तै १६ रनमा आउट भएका थिए। आफ्नो पहिलो २ टेस्टमा २१ विकेट लिएका जयसूर्याले आजमको विकेट लिएका थिए।

त्यसअगाडि श्रीलंकाले ६ विकेट गुमाएर ३ सय १५ रनबाट अगाडि खेल्न सुरु गरेको थियो। अघिल्लो दिन नटआउट ब्याटरमध्ये निरोसन डिकवेलले बहुमूल्य ५१ रन बनाए भने रमेशले नवौंक्रममा ब्याटिङ गर्दै उपयोगी ३५ रन जोडे। डिकवेलले ४२ रनबाट अगाडि खेल्न सुरु गरेका थिए। पाकिस्तानका लागि तीव्र गतिका बलर नसिम शाह र लेग स्पिनर यासिरले समान ३ विकेट लिएका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×