काठमाडौँ- भारतले पाँचौं पटक यू-१९ विश्वकपको उपाधि जितेको छ। टीम इन्डियाका उपकप्तान शेख राशिदले विश्वकपभर उत्कृष्ट ब्याटिङ गरेका छन्।
सेमिफाइनल र फाइनल दुवै खेलमा उनको ब्याटले धेरै बोल्यो। फाइनल खेलमा यी खेलाडीले ५० रनको इनिङ खेले। दैनिक भास्करसँगको कुराकानीमा राशिदले आफूलाई आईपीएलमा चेन्नई सुपर किंग्सबाट खेल्ने चाहना रहेको बताएका छन्। उनले धोनीको कप्तानीमा आइपीएल खेल्ने सपना रहेको बताएका हुन्। उनले भने' यद्यपि मैले लिलामीमा खासै ध्यान दिएको छैन।'