काठमाडौँ- इटालियन सिरी ए क्लब साम्पडोरियाले इटालियन फरवार्ड सेबास्टियन जियोभिन्कोलाई अनुबन्ध गरेको छ। साम्पडोरियाले साउदी अरेबियाको अल हिलालबाट सेबास्टियनलाई अनुबन्ध गरेको हो।
फरवार्ड सेबास्टियनले साम्पडोरियासँग यस सिजनको अन्तिमसम्मका लागि सम्झौता गरेका छन्। युभेन्ट्सका पूर्व फरवार्ड सेबास्टियन तीन वर्ष रियादको क्लबमा बिताएर इटाली फर्किएका हुन्।