एसिया कप युएईमा हुने

काठमाडौँ - एसीसी एसिया कप युनाइटेड अरब ईमिरेट्स (युएई) मा हुने भएको छ।

आईएएनएसले जनाए अनुसार एसिया कप श्रीलंकाबाट युएई सारिएको हो। आर्थिक मन्दी तथा राजनीतिक उतारचढावकाबीच एसिया कप श्रीलंकाबाट युएई सारिएको हो।

अगस्ट २७ देखि सेप्टेम्बर ११ सम्म आयोजना हुने भनिएको टी-२० फर्म्याटका एसिया कप आयोजना गर्न नसक्ने भन्दै श्रीलंकाले एसियन क्रिकेट काउन्सिल (एसीसी) लाई जानकारी गराएको थियो।

एसिया कपमा आयोजक युएईसँगै अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंकाको सहभागिता रहनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×