काठमाडौँ - हरर थ्रिलर चलचित्र ‘चि मुसी चिः इभन डेड डिजायर बिलोङ्गिङ’को ट्रेलर सार्वजनिक गरिएको छ। २ मिनेट ५२ सेकेण्ड लामो ट्रेलरकम अदृश्य शक्तिसँग बच्न पात्रहरुले गर्नु परेको संघर्ष देखिन्छ।
मिर्ना जेम्स र यश सैनी निर्देशित चलचित्रले दर्शकमा डर र कौतुहलता जगाउने प्रयास गरेको छ। मिर्ना र यश कै कथा, पटकथा रहेको चलचित्रमा ऋचा शर्मा, प्रियंका कार्की, बेनिशा हमाल, आयुषमान देशराज जोशी, रविन्द्र झा, राजन खतिवडालगायत कलाकारको अभिनय रहेको छ।
चलचित्र पुस २२ देखि अलनेपाल प्रदर्शनमा आउनेछ। सुशन प्रजापतिको छायांकन रहेको चलचित्रलाई यश सैनीले सम्पादन गरेका छन्।