साल्जबर्गसँग बराबरीमा रोकियो चेल्सी

काठमाडौँ - च्याम्पियन्स लिगमा इंग्लिस क्लब चेल्सीले बराबरी खेलेको छ। उसले घरेलु मैदान स्टामफोर्ड ब्रिजमामा अस्ट्रियाको आरबी साल्जबर्गसँग १-१ को बराबरी खेलेको हो।

गएराति समूह ‘इ’अन्तर्गतको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा चेल्सी अंक बाँड्न बाध्य बनेको हो। खेलको ४८ औं मिनेटमा रहिम स्ट्रर्लिङले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए। ५७ औं मिनेटमा नोआ ओकाफोरले गोल गर्दै साल्जबर्गलाई १-१ को बराबरीमा ल्याएका थिए।

यो नतिजासँगै २ खेलमा १ अंक जोडेको चेल्सी पुछारमा रहँदा साल्जबर्ग समान खेलमा २ अंकका साथ तेस्रो स्थानमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×