पुनः गुल्टियो शेयर बजार

काठमाडौँ - साताको चौथो कारोबार दिन बुधबार शेयर बजार घटेको छ। अघिल्लो दुई कारोबार सामान्य बढेको शेयर बजार आज भने १५.५० अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जानकारी दिएको छ। 

आज शेयर बजार मापन परिसूचक नेप्से १५.५० अंक्ले घटेर २७२०.४३ बिन्दुमा झरेको छ। अघिल्ला कारोबार दिन सोमबार र मंगलबार नेप्से सूचक क्रमशः २५.४१ अंक १७.४२ अंक बढेको थियो। यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ५.२२ अंकले घटेर ५१७.९३ बिन्दुमा झरेको छ। मंगलबार सेन्सेटिभ इण्डेक्स ४.३६ अंकले बढेको थियो। नेप्सेका अनुसार बुधबार तीन अर्ब १३ करोड १२ लाख १० हजार रुपैयाँ बराबरको कारोबार भएको छ। आज २२८ कम्पनीको ६२ लाख ४७ हजार ७७४ कित्ता शेयर किनबेच भएको छ।

यसैगरी, आज कारोबारमा आएका तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। आज कारोबारमा आएका १३ समूहमध्ये दुई समूहको सूचक सामान्य बढेको छ। बाँकी समूहको शेयर मूल्य घटेको छ। आज सबैभन्दा धेरै अन्य समूहतर्फको शेयर मूल्य घटेको छ। यस समूहको शेयर मूल्य आज २ प्रतिशतले घटेको नेप्सेले जानकारी दिएको छ। बुधबार १९ करोड ३७ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा नेपाल टेलिकम अग्रस्थानमा रहेको छ।

यसैगरी, दोस्रोमा घलेम्दी हाइड्रोपावर र तेस्रोमा हिमालयन डिष्टिलरी परेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×