काठमाडौँ । बिहीबार सर्वोच्च अदालतदेखि प्रधानमन्त्री निवास बालुवाटारसम्म नेपाल बार एसोसिएशनले नागरिक समाजसँग मिलेर मार्चपास गर्ने भएको छ। बुधबार उच्च अदालत पाटनमा र १८ वटा उच्च अदालतमार् प्रधानन्यायाधीशको बिरोधमा कार्यक्रम कार्यक्रम हुने जनाइएको छ। साथै बिहीबार दिउँसो २ बजे बालुवाटारमा मार्चपास गर्ने कार्यक्रम बारले राखेको छ।
प्रधानन्यायाधीशलाई सडकबाट फाल्ने चेतावनी सहित संघर्ष गरेका बरिष्ठतम न्यायाधीश र बार संचालन गर्ने बरिष्ठ अधिवक्ताहरूले जति गरेपनि उदेश्य पुरा नभए पछि अब राजनीतिक दलका नेताहरुलाई हार गुहार गर्न लागेका छन्। अब उनीहरु प्रधानन्यायाधीशलाई महाअभियोग लगाएर फाल्नुपर्छ भन्दै नेताको दैलो-दैलो चहार्न थालेका छन्।
लगातारको असहयोग पछि प्रधानन्यायाधीश गोला प्रथाद्धारा पेसी तोक्ने प्रकृयामा गए। न्यायपालिकामाथि ‘कू’ को प्रयास असफल भएपछि बरिष्ठतम न्यायाधीशहरू गोलाप्रथाबाट पेसी तोक्ने कुरा समेत रोक्ने प्रयासमा थिए। तर तर उनीहरुको त्यो प्रयास पनि असफल भयो। बहुसंख्यक न्यायाधीशहरू गोला प्रक्रियाको पक्षमा उभिएपछि उनीहरुको सो प्रयास असफल भएको हो ।
अब उनीहरुले नयाँ प्रयास थालेका छन्। राजनीतिक दललाई चाप्लुसी गरेर मनाएर महाअभियोग लगाउने। तर सर्वोच्चलाई औंलामा नचाउन सकिन्छ भन्ने मान्यता राख्ने यि वरिष्टतमहरुको त्यो प्रयास पनि सफल हुने संकेत भने देखिएको छैन। महाअभियोगका लागि स्वयं प्रधानमन्त्री शेरवहादुर देउवाले नै चासो देखाएका छैनन् भने एमालेले पनि परामादेशको सरकार ल्याउन सघाउने सबैलाई महाअभियोग लगाउनुपर्ने धारणा सार्वजनिक गरिसकेको छ।
प्रधानन्यायाधीश हटाउने मिसनको नेतृत्व सर्वोच्च अदालतभित्र दीपक कार्की समूह र बाहिर पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ तथा बारका पूर्वअध्यक्ष शम्भु थापा तथा रमण श्रेष्ठ र हरिहर दाहालहरूको समूहले गरेको छ। यो समूह आफूहरूले जे चाह्यो न्यायपालिकामा त्यही हुन्छ र हुनुपर्छ भन्ने मान्यता राख्छ।