भारतीय ट्रकको ठक्करबाट साईकलयात्रीको मृत्यु 

मोरङ - विराटनगर महानगरपालिका १३ रोडशेष स्थित कोशी राजमार्गमा भारतीय ट्रकको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ।

भारत जोगबनीतर्फ जाँदै गरेको बी डब्लु २३ बि ४९६१ नम्बरको मालबाहक ट्रकले शुक्रवार साँझ साइकलयात्रीलाई ठक्कर दिँदा सुनसरी बर्जु गाँउपालिका २ अमडुवा फारमका ४५ बर्षीय सनेन्दर रायको मृत्यु भएको हो। ट्रकको ठक्करबाट घाइते भएका उनको उपचारका लागि अस्पताल  पुर्याएलगत्तै मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ। साइकलयात्रीको मृत्युपछि आक्रोशित स्थानियले ट्रकमा आगजनी गर्ने प्रयास गरेका थिए। तर तत्काल प्रहरीले स्थिती नियन्त्रणमा लिन सफल भएको थियो। 

प्रहरीले भारत घर भएका ट्रक चालक  ५० बर्षिय सञ्जय यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×