एक गोलले पछि परेको स्थिति उल्टाउँदै लिभरपुलले निकाल्यो नर्विच सिटीमाथी जीत

काठमाडौँ-  एक गोलले पछि परेको स्थिति उल्टाउँदै लिभरपुलले नर्विच सिटीलाई पराजित गरेको छ। जीतसँगै लिभरपुलले प्रिमियर लिगको उपाधिमा आफ्नो दाबेदारी पनि कायम राखेको छ। सबै प्रतियोगितामा लगातार आठौँ जीत निकाल्ने क्रममा लिभरपुलले ३-१ को जीत हासिल गरेको हो।

दोस्रो हाफको सुरुवातमा नै मिलोट रासिकाले नर्विचलाई लिभरपुलविरुद्ध अप्रत्याशित अग्रता दिलाएका थिए। तर, साडियो माने, मोहमद शलाह र लुइस डियाजले गोल गर्दै लिभरपुललाई जीत दिलाए। लिगमा यो सिजन शलाहको यो १७ औँ गोल थियो। उता, सिटीको हारको फाइदा उठाउँदै लिभरपुल शीर्ष स्थानमा रहेको सिटीभन्दा ६ अंकले मात्र पछि रहेको छ। २५ खेल खेलको लिभरपुलको ५७ अंक रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×