टाटा सुमोको ठक्करबाट महोत्तरीमा दुईको मृत्यु

महोत्तरी - जिल्लाको औरही नगरपालिका-४ कठुधारमा हिजो साँझ टाटासुमोको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक गौशाला नगरपालिका-२ का २२ वर्षीय संजित मण्डल र पछाडि सवार सम्सी गाउँपालिका-१ पर्साका १२ वर्षीय धिरज मण्डल रहेका छन्।

गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि जलेश्वरस्थित जिल्ला अस्पताल लगिएको थियो। उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। हिजो बेलुकी साढे ७ बजे प्रदेश२–०२–००१ च ०८४१ नम्बरको टाटा सुमोले अनटेष्ट मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा संलग्न सवारी साधनसहित चालकलाई ईलाका प्रहरी कार्यालय गाौशालाले नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×