होली पर्वमा जबरजस्ती रङ दल्नेलाई अभद्र व्यवहारमा मुद्दा चलाइने

काठमाडौं - होली पर्वमा जबरजस्ती रङ दल्नेलाई प्रहरीले अभद्र व्यवहारमा मुद्दा चलाउने भएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पर्वलाई मर्यादित रूपमा मनाउनुपर्ने भन्दै इच्छाविपरीतका कार्य भए प्रहरी कानुनी रूपमा प्रस्तुत हुनेछ।  परिसरले सबैलाई होली पर्व मर्यादित र संयमति रूपमा मनाउन अनुरोध गरेको छ। त्यसै गरी मदिरालगायत अन्य लागुऔषधजन्य पदार्थ सेवन गरेर होली खेलेको पाइए पनि प्रहरी कडा रूपमा प्रस्तुत हुने बताइएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×