काठमाडौंबाट साउदी उडेको जहाज पाकिस्तानबाटै फर्कियो

काठमाडौं - काठमाडौंबाट साउदी अरेबियाको दमाम उडेको नेपाल एअरलाइन्सको जहाज बीच बाटोबाटै काठमाडौं फर्किएको छ ।

बुधबार राति काठमाडौंबाट दमामका लागि उडेको आरए २४१ उडानको जहाज पाकिस्तानको सीमा समाप्त भएर कुवेत प्रवेश गर्ने क्रममा प्रवेश नपाएपछि नेपाल नै फर्किएको हो ।

नेपाल एअरलाइन्सको उक्त जहाजमा टिकास प्रविधि फेल भयो थियो । यो प्रविधिले अरु जहाजसँगको दूरीबारे जहाजलाइ जानकारी दिन्छ ।

यसै प्रविधिको सहायताले पाइलटले आफ्नो जहाजलाई अरु जहाजसँग ठोक्किनबाट रोक्न तलमाथि गराउने वा मार्ग परिवर्तन गर्न सक्छन् । तर नेपाल एअरलाइन्ससँगको बुधबारको उडानमा यो प्रविधि फेल भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जानकारी दियो ।

कुवेतको वायुसेवा नियममा टिकास प्रविधि नभएका जहाजलाई आफ्नो आकासमा प्रवेश नदिने उल्लेख भएका कारण नेपाल एअरलाइन्सले पनि कुवेतको आकासमा प्रवेशको अनुमति पाएन् ।

बुधबार राति फर्केको जहाजका यात्रुलाई अर्को जहाजबाट पठाउने तयारी भइरहेको नेपाल एअरलाइन्सले जनाएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×