काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली पर्वहरूलाई विश्वस्तरमा चिनाउन प्रकृति र संस्कृतिको समायोजनबाट विकास गर्नु आवश्यक रहेको बताएका छन् ।
आज भक्तपुरमा नेपाल संवत् ११४४ र नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किराँतीले यस्तो बताएका हुन् ।
नेपालमा मनाइने जात्राहरूलाई महोत्सवको रूपमा सञ्चलन गरी विश्वबाट पर्यटकहरू आकर्शित गराउन आवश्यक रहेको बताउँदै उनले आजको पर्यटन नेपालीमैत्री हुनुपर्ने बताए ।
नेपाली पर्यटन प्रकृति र संस्कृतिको समायोजनबाट स्थानीय स्वाद र स्वामित्व सहितको भएमा नेपालको छुट्टै पहिचान विश्व स्तरमा रहेने उनको भनाई थियो ।