टि-२० क्रिकेटमा मुरली विजयको विष्फोटक शतक

काठमाडौँ - टेस्ट क्रिकेटका चर्चित भारतीय ब्याटर मुरली विजयले तामिल नाडु प्रिमियर लिग टि-२० क्रिकेटमा विष्फोटक शतक हानेका छन्। विजयले रुबी चित्री वारियर्सबाट नेल्लई किंग्सरोयलविरुद्ध विष्फोेटक शतक प्रहार गरेपनि टोली ६६ रनले पराजित भयो।

जितको लागि २ सय ३७ रनको विजयी लक्ष्य पछ्याएको रुबीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७० रन बनायो। रुबीका लागि मुरली विजयले ६६ बलमा ७ चौका र १२ छक्कासहित १ सय २१ रनको विष्फोटक इनिङ खेलेका थिए। उनी बाहेक अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन्।

रोयल किंग्सका बाबा अपराजिथ र ईश्वरनले २/२ विकेट लिए। त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको रोयल किंग्सले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय ३६ रन बनाएको थियो।

उसका लागि सञ्जय यादवले ५५ बलमा ६ चौका र ९ छक्कासहित १ सय ३ रनको शतकीय इनिङ खेलेका थिए। बाबा अराजिथले ४८ बलमा ५ चौका र ८ छक्कसहित ९२ रनमा अविजित रहे।

मुरली विजयी २०१८ यता भारतीय टेस्ट टोलीमा छैनन्। उनले भारतबाट ६१ टेस्ट, १७ ओडिआई र ९ टि-२० आई खेल खेलेका छन्। टेस्टमा १२ शतक र १५ अर्धशतकसहित ३ हजार ९ सय ८२ रन बनाएका छन्।

२०१० मा चेन्नई सुपरकिंग्सबाट मुरली विजयले रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध ५६ बलमा ८ चौका र ११ छक्कासहित १ सय २७ रनको शतकीय इनिङ खेलेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×