च्याम्पियन्स लिग : म्यानचेस्टर सिटी आरबी लाइपजिगसँग २–१ ले पराजित

काठमाडौँ। च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी अन्तिम खेलमा पराजित भए पनि समूह विजेता बन्दै नकआउटमा प्रवेश गरेको छ। मंगलबार राति समूह चरणको अन्तिम खेलमा सिटी जर्मन क्लब आरबी लाइपजिगसँग २–१ ले पराजित भएको हो।

लाइपजिगको जितमा डोमिनिक सोबोस्लाई र आन्द्रे सिल्भाले एक एक गोल गरे। सिटीका रियाद महारेजले सान्त्वना गोल गरे ।

सिटीले ६ खेलमा १२ अंक जोडेर समूह ‘ए’ को समूह विजेता बनेको छ। लाइपजिग ७ अंक जोडेर तेस्रो स्थानमा रह्यो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×