धनुषा । प्रदेश २को स्थायी राजधानी जनकपुरधाम प्रस्तावका लागि मतदान सुरु भएको छ । सोमबारको प्रदेशसभा बैठकमा प्रतिनिधित्व गरेका दलहरुका तर्फबाट संयुक्त रुपमा पेश भएको प्रस्ताव जनकपुरधाममा मतदान सुरु भएको हो ।
सभामुख सरोज कुमार यादवले प्रदेशसभा कक्षको छेउमा रहेको भवनमा मतदान गर्न प्रदेशसभा सदस्यलाई आग्रह गरेका छन् । स्थायी राजधानीका लगि दुई तिहाई मतको आवश्यकता रहन्छ । हाल प्रदेशमा भएका १ सय ४ प्रदेशसभा सदस्य मध्यका ७० सदस्यको मत आवश्यक रहन्छ ।