आजबाट झापामा पत्रकारिता तालिम सुरु

झापा - पत्रकारको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले मेचीनगर नगरपालिकाको धुलाबारीमा खोज पत्रकारिता तालिम आजदेखि सुरु भएको छ। 

नेपाल पत्रकार महासङ्घ झापा शाखाले ‘स्थानीय सरकारका सवलाहरु” विषयमा कसरी समाचार खोज्ने र लेख्ने भन्ने विषयमा सुरु गरेको उक्त तालिमको सहजीकरण वरिष्ठ पत्रकार मोहन मैनालीले गरेका छन्। मेचीनगर नगरपालिकाको आर्थिक सहयोगमा आयोजित उक्त तालिममा मेचीनगर, विर्तामोड नगरपालिका र बुद्धशान्ति गाउँपालिकाका २५ पत्रकार सहभागी छन्।  

कोभिड–१९ का कारण लामो समयपछि पत्रकारिता तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×