पर्सा । लागुपदार्थ सेवन गरेका युवाले पर्सामा चक्कु प्रहार गरी आफ्नै छिमेकीको हत्या गरेका छन् । सखुवा प्रसौनी गाँउपालिका–४ ओझैया प्रसौनी टोलका ५० वर्षीय ललाई हजरा दुसादलाई सुभाष हजारा दुसादले चक्कु प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
लागु पदार्थ सेवन गरेर नसामा रहेका दुसादले शुक्रबार साँझ निहुँ खोजेर छिमेकी ललाईमाथि चक्कु प्रहार गरेका थिए । ललाईको मुख, घाँटी र छातीमा सुभाषाले अन्धाधुन्द चक्कु प्रहार गरेर घाइते बनाएको र घाइते ललाईलाई उपचारका लागि वीरगन्ज ल्याउने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।