कैलाली - कैलालीको भजनी नगरपालिकामा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ। नगरप्रमुखमा केवललाल चौधरी र उपप्रमुखमा राजु तिरुवा निर्वाचित भएका छन्।
केवललालले गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र) का शेरबहादुर चौधरीलाई पराजित गरे। उनले सात हजार ४७५ मत ल्याए। उनका निकटतम प्रतिद्वन्द्वी शेरबहादुरले तीन हजार ८७१ मत प्राप्त गरे। नगर उपप्रमुखमा निर्वाचित तिरुवाले नेपाली कांग्रेसका गोकर्ण भण्डारीलाई पराजित गरेका हुन्। तिरुवाले ६ हजार २२५ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी भण्डारीले तीन हजार ५३७ मत प्राप्त गरे।
भजनीमा नागरिक उन्मुक्ति पार्टीले तीन वडामा जित हासिल गरेको छ। त्यसैगरी गठबन्धनले चार र एमालेले दुई वडामा जित हासिल गरेको छ।