नवौं राष्ट्रिय खेलकुदः प्रदेश १ महिला फुटबल टोलीको घोषणा

काठमाडौँ - नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि १ नम्बर प्रदेशको महिला फुटबल टोलीको घोषणा भएको छ। खेलकुद विकास बोर्ड प्रदेश १ ले शुक्रबार गण्डकी प्रदेशमा हुने राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रदेश टोलीको घोषणा गरेको हो।

बोर्डले २० सदस्यीय प्रदेश टोली घोषणा गरेको बोर्डकी उपाध्यक्ष जिना कार्कीले जानकारी दिएकी छिन्। टोलीमा सबैभन्दा बढी झापा र धनकुटाका खेलाडी रहेका छन्। यी जिल्लाबाट समान ४ खेलाडी छनोट भएको बोर्डले जनाएको छ।

झापाबाट सुस्मिता चौधरी, छत्रिका चौधरी, ममता राउत र लक्ष्मी श्रेष्ठ तथा धनकुटाबाट निशा थुलङ, अन्जना थुलुङ, तीर्थकुमारी लिम्बू र अनिता गुरुङले प्रदेशको प्रतिनिधित्व गर्ने छन्। झापाबाट ममता र लक्ष्मी फरवार्ड तथा छत्रिका र सुस्मिता डिफन्डर हुन्।

त्यस्तै, मोरङबाट ३ जना, कल्पना कार्की, केरोन लिम्बू र सन्जु तामाङ टोलीमा परेका छन्। सुनसुरीबाट प्रतिक्षा राई, जिना बिस्ट र आशिका बोहोरा गरि ३ जना छानिएका छन्। ताप्लेजुङबाट अनुसा थेबे र अनुसा लिम्बू, सोलुखुम्बुबाट झरना राई, उदयपुरबाट चुम्लुङ्गमा राई, पाँचथरबाट प्रविना कालिकोटे र इलामबाट जेनिफर रमा छनोट भएको उपाध्यक्ष कार्कीले बताएकी छिन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×