नम्रता श्रेष्ठ मिस वर्ल्ड प्रतियोगिताको अन्तिम ३० मा

काठमाडौँ। मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गरिरहेकी नम्रता श्रेष्ठ इन्डोनेसियाका प्रतियोगिलाई हराउँदै अन्तिम ३० मा पुगेकी छिन्। उनले हेड–टु–हेड च्यालेन्जमा इन्डोनेसियाका प्रतियोगिलाई हराएकी हुन्। नेपालले ब्यूटी विथ पर्पस र मल्टिमिडिया विधामा यसपाली पनि उपलब्धि हासिल गर्ने अड्कल गरिएको छ। कार्यक्रम मेरिकी राज्य पुएर्तो रिकोमा भइरहेको छ। प्रतियोगिताको अन्तिम स्पर्धा डिसेम्बर १६ मा आयोजना हुनेछ। नम्रताले मिस नेपाल वल्र्डको उपाधि जितीसकेकी छिन्। जसपछी उनले मिस वल्र्डमा सहभागी हुने अवसर पाइन्। नेपाल सहित पाराग्वे, क्यामरुन र फिलिपिन्स लगायतका देश प्रतियोगितामा सहभागी भएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×