क्लब लिग भलिबललाई एनभीए जापानको साथ

 काठमाडौं - छैटौं आरबीबी-एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगितालाई नेपाल भलिबल संघ (एनभीए) जापानले प्रायोजन गरेको छ। एनभीए जापानले प्रतियोगिताको उपविजेता टोलीले प्राप्त गर्ने रकम प्रायोजन गरेको नेपाल भलिबल संघले जनाएको छ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा वैशाख १८ देखि सुरु हुने लिगमा पुरुषतर्फ ७ टिम र महिलातर्फ ५ टिमको सहभागिता रहेको छ।

पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, हेल्प नेपाल, गण्डकी प्रदेश, गल्कोट स्पोर्ट्स क्लब र ढोरपाटन क्लब रहेको छ। महिलातर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, न्यु डायमण्ड र एभरेस्ट भलिबल क्लब रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×