दक्षिण भारतीय फिल्म ‘पोन्नियिन सेलवान (पीएस-आई)’ को ट्रेलर सार्वजनिक

काठमाडौँ - दक्षिण भारतीय फिल्म ‘पोन्नियिन सेलवान (पीएस-आई)’ ट्रेलर सार्वजनिक भएको छ। मणि रत्नमको निर्देशित यस फिल्मको ट्रेलर हिन्दीसहित ५ भाषामा रिलिज गरिएको हो।

मुख्य कलाकार चियान विक्रम, ऐश्वर्या राय बच्चन लगायतलाई ट्रेलरमा देख्न सकिन्छ। यस फिल्मले भारतको इतिहासमा सबैभन्दा ठूलो चोल साम्राज्यको कथा बताउँछ। फिल्ममा रानी नन्दिनीको भूमिका निभाएकी ऐश्वर्यालाई सुन्दर र साहसी रानीको रुपमा देखाइएको छ।

यस फिल्ममार्फत एश्वर्याले ४ वर्षपछि फिल्ममा कमब्याक गरेकी छिन्। उनी पछिल्लोपटक सन् २०१८ मा रिलिज भएको फिल्म ‘फन्ने खान’ मा देखिएकी थिइन्, जसमा अनिल कपूर र राजकुमार रावको मुख्य भूमिका थियो।

मणि रत्नमको निर्देशन रहेको यो फिल्म ५०० करोड बजेटमा बनेको हो। यस फिल्ममा विक्रम र ऐश्वर्याका साथमा, बच्चन, कार्थी, जयम रवि, तृषा, जयराम, शोविता धुलिपललगायतको अभिनय रहेको छ। फिल्म १९५५ को कल्की कृष्णमुर्तिको उपन्यास ‘पोन्नियिन सेलवान’ आधारित छ।

यो फिल्म आगामी ३० सेप्टेम्बरमा तमिल, तेलुगु, मलयालम कन्नड र हिन्दी भाषामा प्रदर्शन हुनेछ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×