आईसीसी टी-२० विश्वकपमा आज ३ खेल: पाकिस्तान दबावमा

काठमाडौँ - आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा आज ३ खेल हुँदैछन्। आइतबार हुने पहिलो खेलमा बंगलादेश र जिम्बाब्वेबीच खेल हुँदैछ भने अर्को खेलमा नेदरल्याण्ड र पाकिस्तान आमान्ने सामन्ने हुनेछन्।

पहिलो र दोस्रो दुवै खेलमा क्रमश: अन्तिम बल र १ रनले पराजित भएको  पाकिस्तानलाई जित्नैपर्ने दबाब छ। पाकिस्तानलाई सेमिफाइनलको यात्रा तय गर्न जितले मात्र सम्भव छैन। भाग्यले पनि साथ दिनुपर्ने हुन्छ।

त्यस्तै आजको अर्को खेलमा भारत र दक्षिण अफ्रिकाबीच खेल हुनेछ। हालसम्मको तालिका अनुसार भारत शीर्ष स्थानमा रहेको छ भने दक्षिण अफ्रिका दोस्रो र जिम्बाब्वे तेस्रो स्थानमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×