‘पशुपति प्रसाद २’मा अभिनेता विपिन कार्की पुन: ‘भष्मे डन’को भूमिकामा देखिने

काठमाडौँ। चलचित्र ‘पशुपति प्रसाद २’मा अभिनेता विपिन कार्की पुन: ‘भष्मे डन’को भूमिकामा देखिने भएका छन्। चलचित्रको पहिलो सिक्वलबाट उनले निकै लोकप्रियता कमाएका थिए। 

हाल निर्देशक दीपेन्द्र के. खनाल र अभिनेता तथा लेखक खगेन्द्र लामिछाने ‘पशुपति प्रसाद २’को तयारीमा रहेका छन्। सिक्वेल बनाउने योजना भएपनि कथालाई कसरी अगाडि बढाउने भन्नेमा निधो भइ नसकेको निर्देशक खनालले जनाएका छन्। अभिनेता विपिन कार्कीले भने चलचित्रको सिक्वलमा आफू फेरि ‘भष्मे डन’ को भूमिकामा देखिन सक्ने संकेत दिइरहेका छन्। 

एक अन्तर्वार्तामा उनले भने, ‘मैले ‘पशुपति प्रसाद’ मा निर्वाह गरेको ‘भष्मे डन’ को चश्मा अहिले पनि जोगाएर राखेको छु। त्यो एकदमै जुगाड चश्मा थियो। फिल्मको छायांकन सकिएपछि म आफैंले त्यो चश्मा लिएर गएको थिएँ। अब ‘पशुपति प्रसाद २’ बन्ने तयारीमा छ, त्यसका लागि काम लाग्छ। त्यो चश्मा मैले नराखेको भए कहिँ हुँदैन थियो। त्यो ७० वर्ष अगाडिको चश्मा हो।’ 

चलचित्र ‘पशुपति प्रसाद’ मा ‘भष्मे डन’ को भूमिकाका लागि उनले प्लास्टिकको पहेंलो बेल्ट खोज्न काठमाडौँ पूरै घुमेको र पछी गाउँको हाटबाट मगाएको कुरा पनि उनलाई याद आयो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×