अमेरिकी र पश्चिमेली मुलुकको चासोको केन्द्रबिन्दु बन्दै नेपाल

काठमाडौँ। पछिल्लो समय नेपालमा अमेरिका र पश्चिमी मुलुकहरूको चासोको केन्द्रित हुन थालेको छ। विशेषगरी अमेरिकासँग सामरिक र रणनीतिक हिसाबले नजिक रहेका युरोपेली मुलुकका उच्च अधिकारी नेपाल भ्रमणमा आउन थालेका छन्। उनीहरूले द्विपक्षीय भेटघाटको कामलाई निरन्तरता दिँदै आएका छन्।

रुस–युक्रेन द्वन्द्वमा नेपाल युक्रेनको पक्षमा उभिएसँगै अमेरिका र पश्चिमा मुलुकका अधिकारीको नेपाल भ्रमण बाक्लिएको हो। नेपालले आफ्नो असंलग्न विदेश नीति छाड्दै युक्रेनको पक्ष लिएको थियो । राष्ट्रसंघको महासभामा युक्रेनमाथि रुसको आक्रमणको आलोचना गर्दै ल्याएको प्रस्तावको पक्षमा उभिएको थियो। साथै दोस्रोपटक युक्रेनलगायत मुलुकले तयार पारेको मानवीय सहायतासम्बन्धी प्रस्तावमा नेपालले पक्षमा मतदान गरेसँगै युक्रेनको पक्ष लिएको थियो। त्यसपछि नेपालमा अमेरिकीनिकट रहेका पश्चिमीमुलुकहरूको सक्रियता र चासो बढेको पाइएको छ।

आजको राजधानी दैनिकमा समाचार छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×