काठमाडौँ - नेपाली नारीको महान चाड हरितालिका तीजका अवसरमा गायिका प्रीति कौरले ‘ढल्की ढल्की’ बोलको गीत सार्वजनिक गरेकी छिन्। सुष्मा सिग्देलले लेखेको गीतको कम्पोज अंकितबाबु अधिकारीले गरेका हुन्।
पप गायिकाका रुपमा परिचय बनाएकी प्रीतिले लोकलयको तीज गीतबाट पनि राम्रो प्रतिक्रिया पाएको बताएकी छिन्।
विक्रम स्वाँरले निर्देशन गरेको भिडियोमा इस्टु कार्की र प्रीति कौर अभिनय गरेका छन्। उत्सव दाहालले खिचेको भिडियोमा जस्विर कौर स्वाँरले कोरियोग्राफी गरेका छन्।
वीरबहादुर चौधरीले सम्पादन गरेको भिडियो प्रीतिले आफ्नै अफिसियल युट्युब च्यालनबाट सर्वाजनिक गरेकी हुन्।