मन्त्री क्वार्टरलाई खेलाडीको आवासीय प्रशिक्षण केन्द्र बनाउछौं : मन्त्री श्रेष्ठ

काठमाडौं । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले अहिलेको मन्त्री क्वार्टरलाई खेलाडी आवासीय प्रशिक्षण केन्द्र बनाउने छलफल सुरु भएको बताएका छन् ।

भलिबल संघको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शनिबारबाट सुरु भएको आठौँ आरबीबी एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको उद्घाटनमा मन्त्री श्रेष्ठले मन्त्री क्वार्टरलाई खेलाडीको आवासीय प्रशिक्षण केन्द्र बनाउन छलफल सुरु भएको बताएका हुन् ।

‘खेलाडीलाई आवासको समस्या भएकाले अहिलेको मन्त्री क्वार्टरलाई चाहिँ खेलाडीको आवासीय प्रशिक्षणका लागि प्रारम्भिक छलफल सुरु भएको छ’, उनले भने ।

उच्च राजनीतिक नेतृत्वले सहमति जनाए मन्त्री क्वार्टर खेलाडीका लागि आवासीय टे«निङ सेन्टर हुने प्रबल सम्भावना भएको मन्त्री श्रेष्ठले सुनाए । उनले भने, ‘केही गरी मन्त्री परिषद् अथवा उच्च राजनीतिक नेतृत्वले यसमा ‘ग्रिन सिग्नल’ दिनुभयो भने हाम्रो खेलाडीहरूको लागि अहिलेको मन्त्री क्वार्टर उहाँहरूको टे«निङ सेन्टर हुने प्रबल सम्भावना छ ।’

मन्त्री श्रेष्ठले खेलाडीको नाममा मानव तस्कर गरिरहेकाहरूलाई कारबाहीको दायरामा ल्याउने उल्लेख गरे ।

‘खेलाडीको नाममा मानव तस्कर गरिरहेकाहरू अब कारबाहीको दायरामा आउँछन् । केही जानकारी सङ्कलन गरेका छौँ । खेलाडी पठाउने भन्ने तर, २०, २२ लाख लिएर मान्छे पठाउनेहरूको प्रारम्भिक जानकारी लिएका छौँ । तिनीहरू कारबाहीको दायरामा आउँदै छन्’, उनले भने ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×