युनाइटेडमा एरिक्सनको जर्सी नम्बर सार्वजानिक

काठमाडौँ - म्यानचेस्टर युनाइटेडले क्रिस्टियन इरिक्सनले लगाउने जर्सीको नम्बर सार्वजनिक गरेको छ। डेनिस अन्तर्राष्ट्रियलाई युनाइटेडले यसै साता औपचारिक रुपमा आफ्नो खेलाडीका रुपमा सार्वजनिक गरेको थियो।

युनाइटेडसँग एरिक्सनले ३ वर्षको लागि सम्झौता गरेका छन्। यसै साता एट्लेटिको म्याड्रिड र रायो भालेकानोविरुद्ध हुने मैत्रीपूर्ण खेलमा उनी सहभागी हुने सम्भावना रहेको बताइएको छ।

इरिक्सनले युनाइटेडबाट यो सिजन १४ नम्बर जर्सी लगाउने पक्का भएको छ। उनले आफ्नो खेल जीवनमा १४ नम्बरको जर्सी पहिलो पटक लगाउने भएका छन्। उनले क्लबमा जीवनमा आयक्सबाट अधिकांश समय ८ नम्बर र टोटेनहमबाट २३ नम्बरको जर्सी लगाएका थिए।

इन्टरमा हुँदा उनले २४ नम्बरको जर्सी लगाएका थिए भने गत सिजनको आधा ब्रेनफोर्डबाट २१ नम्बर जर्सी प्रयोग गरेका थिए। युनाइटेडमा यसअघि १४ नम्बर जर्सी जेसी लिंगार्डले लगाउथे। उनले यसै सिजन क्लब छाडेपछि १४ जर्सी खाली रहेको थियो। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×