काठमाडौँ - गायन रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन ४ मा २० हजार जनाले आवेदन दिएका छन्। निर्देशक लक्ष्मण पौडेलका अनुसार देश विदेशबाट प्राप्त यो आवेदन निकै उत्साहजनक हो। वैशाखदेखि सुरु भएको आवेदन दिने समय बिहीबार सकिंदैछ। कुल आवेदकमध्येबाट डेढ सय जनालाई ब्लाइन्ड अडिसनमा छनोट गरिनेछ।
डेढ सय जनाबाट पनि ६४ जना प्रतिस्पर्धी छानिनेछन्। प्रतियोगिता सुरु हुने गर्ने तयारीमा छ। आगामी एक महिनामा ब्लाइन्ड अडिसन सुरु हुने निर्देशक पौडेलले जानकारी दिएका छन्।
साउन पहिलो सातादेखि सिजन ४ को प्रसारण सुरु हुने भएको छ। शोका चार जना कोचमध्ये केही हेरफेर गर्ने तयारी रहेको छ। द भ्वाइस अफ नेपालका अघिल्ला तीनै सिजन सफल भइसकेका छन्।
यो शो हिमालय टेलिभिजनबाट प्रसारण हुनेछ।