नेपाली फिल्म ‘ह्रस्वदीर्घ’को ‘भिलेन’को भुमिकामा ‘पुष्पा’का कलाकार सुनिल बर्मा

काठमाडौँ - नीता फिल्म्सको नयाँ फिल्म ‘ह्रस्वदीर्घ’मा दक्षिण भारतीय अभिनेता सुनिल बर्मा अनुबन्धित भएका छन्। नेपाली बक्स अफिसमा समेत ब्लकबस्टर बनेको फिल्म ‘पुष्पा’ फेम्ड अभिनेता बर्माले नेपाली फिल्ममा डेब्यु लागेका हुन्।

अभिनेता बर्मालाई अनुबन्धित गरिएकोबारे निर्मात्री एवं अभिनेत्री नीता ढुंगानाले उनि भिलेनको चरित्रमा देखिने बताइन्।

तेलुगू स्टार बर्माले करिअरमा १७७ फिल्ममा अभिनय गरेका छन्। मर्यादा रमन्ना, पुल रंगाडु, तड्का उनका व्यावसायिक रुपमा सफल फिल्म हुन्। ‘ह्रस्वदीर्घ’मा बर्माले नेपाली भाषामा स्वरांकन गर्नुपर्ने छ। उनलाई नेपाली भाषामा पोख्त बनाउन प्रयत्न गर्ने नीताले बताएकी छिन्।

८ करोड रुपैयाँ बजेट बताइएको फिल्ममा बलिउड अभिनेता प्रकाश प्रदीप रावत पनि कास्टको रुपमा छन्। फिल्ममा नीता र अभिनेता हरिहर अधिकारीसहित सलोन बस्नेत, सरोज खनालको पनि मुख्य भूमिका रहनेछ। फिल्ममा अन्य थप तीनजना कलाकारलाई भने अनुबन्ध गर्न बाँकी नै रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×