काठमाडौँ - विवेकशील साझाका केन्द्रीय सदस्य किशोर थापाले पार्टीबाट राजीनामा दिएका छन्। उनले असोज ४ गते पार्टी अध्यक्ष समीक्षा बाँस्कोटालाई पार्टीको साधारण सदस्य समेत नरहे गरी राजीनामा बुझाए पनि पत्र बुधबार साँझ मात्र सार्वजनिक गरिएको हो। उनले विवेकशील साझाको अस्तित्व रहेसम्म पार्टीलाई समर्थन, सद्भाव र सहयोग रहने राजीनामा पत्रमा उल्लेख छ। नेपाल सरकारका पूर्वसचिव थापा ०७४ को स्थानी निर्वाचनमा काठमाडौं महानगरपालिकाकाे मेयरको उम्मेदवार बनेका थिए।
अहिले विवेकशील साझा नेताहरुले पार्टी छोड्ने लहर चलेको छ। विवेकशील साझाका पूर्व अध्यक्ष रवीन्द्र मिश्रको समूह बुधबार राप्रपा प्रवेश गरेको छ। विवेकशील साझाका अधिकांश चर्चित अनुहार पनि निश्कृय बनेका छन्।