काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विदेश भ्रमणमा गएका छन्। उनी बुधबार भ्रमणका लागि इन्डोनेसिया गएका हुन्। मेयरमा निर्वाचित भएपछि यो नै उनको पहिलो भ्रमण रहेको बताइएको छ।
बालेनको सचिवालयका अनुसार उनको भ्रमण व्यक्तिगत रहेको छ। उनी आफना परिवारका सदस्य र निकटस्थसँगै निजी भ्रमणका लागि इन्डोनेसिया गएका हुन्। सचिवालयले दिएको जानकारी अनुसार भ्रमण व्यक्तिगत रहेका कारण भ्रमणका क्रममा कुनै सरकारी भेटवार्ता र कामकाज हुने छैन। उनी २५ पुसमा नेपाल फर्किनेछन्।