महिला प्रहरीमाथि यौनहिंसा गरेको आरोपमा नेपाल प्रहरीका एसपीलाई कारबाही

काठमाडौँ । महिला प्रहरीमाथि यौनहिंसा गरेको आरोपमा एक प्रहरी उपरीक्षक (एसपी)लाई कारबाही गरिएको छ।

प्रहरी प्रधान कार्यालयले यौनहिंसा गरेको भन्दै तनहुँमा कार्यरत रहेका ती एसपीलाई कारबाही गरेको हो। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार उनलाई रेकर्डमा जनिने गरी नसिहत दिइएको छ। नसिहत पाएका ति एसपी एक वर्षसम्म बढुवा र इन्चार्ज हुनबाट बन्चित हुनेछन्। दंगा नियन्त्रण गण बेलचौतरा, तनहुँमा कार्यरत हुँदा उनले आफूमाथि यौनहिंसा गरेको भन्दै एक महिला प्रहरीले उजुरी दिएकी थिइन्। गण्डकी प्रदेश प्रहरी कार्यालय र प्रहरी प्रधान कार्यालयमा उजुरी परेपछि उनीमाथि छानबिन भएको थियो। 

छानबिनमा उनले ती महिला प्रहरीलाई टेलिफोन मेसेजमार्फत् यौनहिंसा गरेको पाइएपछि उनलाई नसिहत दिइएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×