फिल्म 'सरस्वती पूजा'को कथाले जित्यो एमी अवार्ड

काठमाडौँ - सरस्वती पूजामाथि जसवन्तदेव श्रेष्ठले निर्देशन गरेको फिल्म ‘फेस्टिभल अफ सरस्वती पूजा‘ले हलिउडमा टेलिभिजनतर्फको ओस्कार मानिने प्रतिष्ठित एमी अवार्ड जितेको छ।

नेसनल एकेडेमी अफ टेलिभिजन आर्ट्स एन्ड साइन्सेज प्यासिफिक साउथवेस्टले आइतबार राति आयोजना गरेको अवार्ड समारोहमा उनले ट्रफी उचालेका हुन्।

उनको यो सांस्कृतिक फिल्मले ‘आउटस्ट्यान्डिङ अचिभमेन्ट इन द रेलिजियन’ विधामा जित हासिल गरेको हो। क्यालिफोर्नियाको पाम स्प्रिङमा आयोजित एमी समारोहमा उनले ट्रफी उचाल्दै आफूलाई मतदान गर्ने एमीका सदस्यसहित नेपालीलाई धन्यवाद दिएका छन्।

श्रेष्ठ निर्देशित फिल्मले ज्ञान र कलाकी माता मानिने सरस्वती पूजाको महत्व र संस्कृतिका पाटोलाई चित्रण गरेको छ। नेपाली संस्कृतिलाई जोगाउने अभियानको रुपमा आफू अझै अघि बढ्ने उनले बताएका छन्।

जितपछि जारी प्रेस विज्ञप्तिमा उनले फिल्ममार्फत नेपाली संस्कृतिलाई संरक्षण र अघि बढाउन आफूलाई ऊर्जा मिलेको बताएका थिए।

एमी अवार्ड टेलिभिजनतर्फ, ग्रामी अवार्ड संगीत क्षेत्र, ओस्कार अवार्ड चलचित्र क्षेत्र र टोनी अवार्ड थियटर क्षेत्रका विश्व प्रतिष्ठित अवार्डहरु हुन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×