काठमाडौँ। चलचित्र ‘पासो’को पहिलो झलक सार्वजनिक गरिएको छ। अभिनेत्री रिस्ता बस्नेत मुख्य भूमिकामा रहेको चलचित्रको प्रदर्शनी मिती पनि घोषणा गरिएको छ। चलचित्र चैत्र १८ गतेबाट प्रदर्शनमा आउनेछ। क्राइम थ्रिलर विधामा आधारित चलचित्रमा अपराधिक गिरोहद्वारा कुनै उच्च पदस्थ व्यक्तिको शारीरिक तृष्णा मेटाउनका लागि अपहरणमा परेको दुई जना साथीको कथा देखाईएको छ। आर.बी पुनले निर्देशन गरेको चलचित्र भगवान भुजेलले निर्माण गरेका हुन्। चलचित्रमा सुनिशा बजगाँई, रामकुमार बस्ताकोटी, प्रतिक दुलाल, प्रणव आकाश आदि कलाकारहरुको अभिनय रहेको छ। जीजीए ग्रुप र एफडी कम्पनीले वितरण गर्ने चलचित्रको सह-निर्माता बसन्त घिमिरे, अनु मुस्कान, अनुराग ढुंगाना, सरस्वती गुरुङ रहेका छन्।