‘सर्वजित’ फिल्म निर्माणको लागि ५ महिनाको तलव सहयोग गर्ने मन्त्री आलेको घोषणा

काठमाडौँ - पर्यटनमन्त्री प्रेम आलेले चलचित्र ‘सर्वजित’ निर्माणका लागि आफ्नो ५ महिनाको तलव सहयोग गर्ने भएका छन्।‘सर्वजित’ नामका चलचित्र दलित आन्दोलनका अगुवा भगत सर्वजीत विश्वकर्माको जीवनमा हुनेछ।

सोही चलचित्र निर्माणका लागि मन्त्री आलेले पार्टीको लेभी काटेर बाँकी ५ महिनाको तलव आर्थिक सहयोग दिने घोषणा गरेका हुन्।

प्रधानमन्त्री निवास वालुवाटार आज एक कार्यक्रमकाबीच चलचित्रको शुभ मुहूर्त कार्यक्रममा भएको थियो। उक्त कार्यक्रममा बोल्दै मन्त्री आलेले सहयोगको घोषणा गरेका हुन्। सो चलचित्रलाई दिनेश डीसीले निर्देशन गर्नेछन्।

चलचित्रको शनिबार बालुवाटारमै प्रधानमन्त्री शेरबहादुर देउवाले शुभ मुहूर्त गरेका हुन्। आज जातीय भेदभाव तथा छुवाछूत उन्मुलन दिवस हो। यही अवसरमा चलचित्रको शुभ मुहूर्त गरिएको हाे।

चलचित्र निर्माणका लागि एक करोड २५ लाखको लागत अनुमान गरिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×