मकवानपुर । लोकसेवा आयोगले पूर्वनिर्धारित परीक्षाहरु स्थगित नहुने बताएपनि केहि प्रदेशहरुले परीक्षा स्थगित गरेका छन् ।
लोकसेवा आयोगले जनस्वास्थयका मापदण्ड पालना गरी परीक्षा सञ्चालन गर्ने र तोकिएका परीक्षाहरु स्थगित नहुने बताएपनि बागमती प्रदेश लोकसेवा आयोग लगायत अन्य केहि प्रदेशले पूर्वनिर्धारीत परीक्षा स्थगित गरेका छन् । बागमती प्रदेश लोकसेवा आयोगले संक्रमण जोखिमलाई मध्यनजर गर्दै परीक्षा स्थगनको निर्णय लिएको बताएको छ । आयोगले ८ देखि १५ सम्म संचालन हुने परीक्षाहरु अर्को सुचना प्रकाशित नभएसम्म स्थगित भएको जानकारी दिएको छ ।
प्रदेश लोकसेवा आयोगले अधिकांश मानिस बाहिरबाट आइ होटेलमा बस्नुपर्ने भएका कारण आफ्नो अधिकार प्रयोग गर्दै निर्णय गरेको बताएको छ ।