काठमाडौँ। नेपाली चलचित्रका अभिनेता राजेश हमाल साथी मार्टको ब्रान्ड एम्बेस्डर बनेका छन्। काठमाडौँमा बिहीबार एक कार्यक्रमबिच ‘साथी मार्ट’ का फाउन्डर तथा सिइओ सागर पोखरेल र हमालबीच कागजी सम्झौता भएको हो। आधिकारिक सम्झौता भएको हो। आईएसओ ९००१:२०१५ प्रमाणित कम्पनी साथी मार्ट २०७७ भदौ ३० गते पहिलो आउटलेट खोलेर सुरु भएको थियो। रिटेल चेन स्टोरको अपरेसन, अनलाइन सपिङ, एफिलिएट मार्केटिङ, स्थानीय र अन्तर्राष्ट्रिय उत्पादनहरूको वितरणमा आइएसओ स्ट्यान्डर्ड प्राप्त गरेको मार्टले सुरुवातको १६ महिनामा सातै प्रदेशका सहरमा ७ दर्जन बढी आउटलेट सञ्चालनमा ल्याइसकेको छ। मोबाइलमा एन्ड्रोइड भर्सनमा साथी मार्टको मोबाइल एप उपलब्ध छ भने छिट्टै आइओएसमा पनि एप उपलब्ध हुनेछ। त्यसैगरि WWW.SAATHIMART.COM बाट पनि आफूलाई आवश्यक सामान रोजेर अर्डर गर्न सकिन्छ। मार्टले हालका लागि फ्रेन्चाइज शुल्क र रोयल्टी नलिने रणनीति लिइ व्यापार बिस्तारमा ध्यान दिएको छ। जसबाट कम्तीमा ३० हजारदेखि ५० हजार युवालाई स्वरोजगार बनाउने लक्ष्य ‘साथी मार्ट’ को छ। जस अन्तर्गत साथी प्रडक्सनका उत्पादन र साथीमार्टमा उपलब्ध अन्य सामान रेफर गरि तिस प्रतिशतसम्म आम्दानी गर्न सकिन्छ।