काठमाडौँ - नेपालको ए डिभिजन लिग टिम जावलाखेल युथ क्लबका कप्तान कुलदिप कार्कीले भारतीय फुटबल क्लब रेलवे एफसीका लागि खेल्ने भएका छन्।
कलकत्ताको रेलवे एफसीले डिफेन्डर कार्कीलाई अनुबन्ध गरेको सामाजिक सञ्जाल फेसबुकमा लेखेको छ। रेलवेले वेस्ट बंगालको कलकत्ता फुटबल लिग (प्रिमियर डिभिजन ए) क्लब हो। त्यसैका लागि क्लबले कार्कीलाई अनुबन्ध गरेको हो।
कार्कीले जावलाखेल युथको युवा टिमबाट फुटबलको सुरुवात गरेका थिए। उनले गत सिजनको सहिद स्मारक ए डिभिजन लिगमा जावलाखेलको कप्तानी गरेका थिए।
कार्कीले नेपाल सुपर लिग (एनएसएल) को पहिलो संस्करणमा चितवन एफसीका लागि खेलेका थिए।